कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, ६ घाइते

हिमाल प्रेस ७ मंसिर २०७९ १९:२०
6
SHARES
कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, ६ घाइते सांकेतिक तस्बिर।

हेटौँडा– कुलेखानी-काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका २ सल्लेरी खोल्चामा बुधबार दिउँसो सुमो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना. १ ज ४४४६ नम्बरको जिप दिउँसो २ः४५ बजे ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएको छ।

चालकसहित ७ जना यात्रा गरेकामा घाइते ६ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जानकारी दिएको छ।  चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। मृतकको सनाखत प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७९ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =