स्याङ्जा २ र बाजुराको मतगणना आजबाट सुरु गरिने

हिमाल प्रेस १४ मंसिर २०७९ १५:२१ | Wednesday, November 30, 2022
स्याङ्जा २ र बाजुराको मतगणना आजबाट सुरु गरिने

काठमाडौँ- स्थगित स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना आज (बुधबार)बाट सुरु गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। आयोगको बैठकले निर्वाचनको प्रक्रिया पूरा गरेर मतपेटिका संकलन भइसकेकोले पुनः मतदान नगर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्माले विवाद भएपछि स्थगित भएका स्याङ्जा र बाजुराको मत गणना आजै सर्वदलीय बैठक बसेर सुरु हुने बताए।

मतगणनाका क्रममा विवाद भएपछि स्याङ्जाको मत गणना स्थगित भएकाे थियो। बाजुरामा भने मतदानका क्रममा झडप भएपछि पुनः मतदान भएको थियो।

बाजुरामा नेकपा एमालेका उम्मेदवार कर्ण थापा र नेपाली कांग्रेसका बद्रि पाण्डे उम्मेदवार छन्।

स्याङ्जा-२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्याल उम्मेदवार छन्।

प्रकाशित: १४ मंसिर २०७९ १५:२१ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast