इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय नाघ्यो

हिमाल प्रेस ११ मंसिर २०७९ २१:१८ | Sunday, November 27, 2022
इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय नाघ्यो सांकेतिक तस्बिर।

काठमाडौँ– इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय २१ पुगेको छ।

उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआनजुर सहरमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्पल गएको थियो।

अधिकांश पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका थिए। प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले बताएअनुसार पछिल्लो समय तीन शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ३ सय २१ पुगेको हो। भुकम्पमा फसेका ११ जना अझै बेपत्ता छन्।

उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन्। भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ।

प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अधिकारीहरूले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिन भन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिने छन्।

सोमबारको भूकम्प सन् २०१८ को भूकम्प पछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ। सुनामीले सुलावेसी टापुमा ४ हजार बढी मानिसको ज्यान लिएको थियो।

प्रकाशित: ११ मंसिर २०७९ २१:१८ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast