यू–१९ एसिया कप : नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

हिमाल प्रेस २२ कार्तिक २०८० १४:४५
1.1k
SHARES
यू–१९ एसिया कप : नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

काठमाडौँ- एसीसी पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत छन्।

नेपालले आफ्नो दोस्रो खेलमा मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ। यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर २६ गते भारतसँग खेल्नेछ। युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंसिर २२ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ। जसलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताको समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन्। प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको सेमिफाइनल मंसिर २९ गते र फाइनल पुस १ गते हुनेछ।

प्रकाशित: २२ कार्तिक २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast