काठमाडौँ- नेकपा एमालेले आज नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको भेला राख्दैछ। एमाले जनताको रोजाईको पहिलो पार्टी नामको विशेष कार्यक्रमको आज आयोजना गर्ने सो दलले जनाएको छ।
कार्यक्रम आज दिउँसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा गर्ने सो दलले जनाएको छ।
विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई बधाईका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
प्रकाशित: ५ पुष २०७९ ६:५६ | Tuesday, December 20, 2022
प्रतिक्रिया



