भूकम्प प्रभावितलाई १ करोड ५० लाख उपलब्ध गराउने बागमती सरकारको निर्णय

हिमाल प्रेस १८ कार्तिक २०८० १२:५४
4
SHARES
भूकम्प प्रभावितलाई १ करोड ५० लाख उपलब्ध गराउने बागमती सरकारको निर्णय

काठमाडौँ- बागमती प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितहरूलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार राती कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरू लागि राहात, उद्धार, र पुनर्निर्माणको लागि बागमती प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताए।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बसेको आपतकालीन बैठकले कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ।

प्रकाशित: १८ कार्तिक २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast