तीन महिनामा चार खर्बको आयात, ४० अर्बको निर्यात

हिमाल प्रेस १२ कार्तिक २०८० १४:०८ | Sunday, October 29, 2023
तीन महिनामा चार खर्बको आयात, ४० अर्बको निर्यात महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा चार खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। भन्सार विभागका अनुसार यो अवधिमा जम्मा ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा १.६९ प्रतिशतले आयात बढेको छ भने निर्यात २.२६ प्रतिशतले घटेको छ।

तीन महिनाको अवधिमा नेपाललाई ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा भएको छ। जुन गत आव २०७९/८० को साउन–असोजको तुलनामा २.१५ प्रतिशतले बढी हो।

साउनदेखि असोजसम्म नेपालले कुल ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आवको सोही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको थियो।

प्रकाशित: १२ कार्तिक २०८० १४:०८ | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast