चीन भ्रमणमा निस्किए प्रधानसेनापति शर्मा

हिमाल प्रेस १० कार्तिक २०८० १२:४८ | Friday, October 27, 2023
चीन भ्रमणमा निस्किए प्रधानसेनापति शर्मा चीन भ्रमणमा निस्कनुअघि प्रधानसेनापति प्रभुराम शर्मालाई सम्मान गारत अर्पण गर्दै सेनाको एक टुकडी। तस्बिर स्रोत : नेपाली सेना

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बिहीबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। चीन भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ सियानसान फोरम उद्‍घाटन समारोहमा सहभागी हुनेछन्।

यसक्रममा प्रधानसेनापति शर्माले चिनियाँ जनमुक्ति सेनाका “ज्वाइन्ट चिफ अफ स्टाफ’ जनरल लिऊ झेन्लीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चीनमा रहँदा प्रधानसेनापतिले ग्रेटवाललगायत बेइजिङस्थित महत्त्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गर्नेछन्।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गर्ने रात्रिभोजमा प्रधानसेनापति सहभागी हुनेछन्। प्रधानसेनापति शर्मा सियान सिटी, गोन्जाओमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्‍न एकाइ तथा शिक्षण संस्थाहरूको भ्रमण गरी कात्तिक १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षासचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका छन्। प्रधानसेनापति शर्मालाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृतलगायत छन्। प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ।

प्रकाशित: १० कार्तिक २०८० १२:४८ | Friday, October 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast