यस्तो बन्यो ‘भष्मे डन’को प्रिभ्यु

हिमाल प्रेस २९ असोज २०८० १३:२७ | Monday, October 16, 2023
यस्तो बन्यो ‘भष्मे डन’को प्रिभ्यु

काठमाडौँ- प्रदर्शनअघि प्रिभ्यु सार्वजनिक गर्ने चलन नेपाली फिल्ममा कमै छ। कात्तिक ४ अर्थात् फूलपातीदेखि प्रदर्शन हुने फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को प्रिभ्यु सार्वजनिक गरिएको छ। प्रिभ्युमा फिल्मको पात्र भष्मे डन (विपिन कार्की) पशुपति क्षेत्रमा छायांकन भइरहेको सेटमा पुगेको देखिन्छ।

त्यहाँ अभिनेत्री आँचल शर्मा फिल्मको छायांकन गरिरहेकी छन्। भष्मे उनीसँग फोटो खिच्न चाहन्छ, तर प्रोडक्सनले दिँदैन। त्यसपछि भष्मेले छायांकनमा अवरोध गरेको देख्न सकिन्छ। प्रोडक्सनले छायांकन अनुमति लिएको कागजपत्र देखाएपछि भष्मे शान्त हुन्छ र उसलाई छाता ओढाएर बस्ने व्यवस्था मिलाएको देखाइन्छ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को पात्र ‘भष्मे डन’मा आधारित हो ‘पशुपति प्रसाद २ः भष्मे डन’। ‘पशुपति प्रसाद’को मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को जीवन संघर्षको कथामा यसको सिक्वेल बनाइएको छ।

फिल्ममा स्वस्तिमा खड्का दुर्गाको अवतारमा छिन्। अन्य कलाकार सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायतको अभिनय छ।

टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन र सुवास भुसाल, कृष्ण भारद्वाज र किरण भुसालको संगीतमा बनेको छ।

प्रकाशित: २९ असोज २०८० १३:२७ | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast