साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

हिमाल प्रेस ८ असोज २०८० १९:५९ | Monday, September 25, 2023
साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ- दक्षिण एसियाली फुटबल महास‌ंघ यू-१९ साफ च्याम्पियनसिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

नेपालको जितमा समीर तामाङले २ गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले समान एक-एक गोल गरे। खेलको पहिलो हाफमै २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप २ गोल गर्‍यो। खेलको १७औँ मिनेटमा नेपालका प्रशान्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए। उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो।

त्यस्तै खेलको ३०औँ मिनेटमा नेपालले दोस्रो अग्रता लियो। समीरले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए। यसै गरी खेलको ५८औँ मिनेटमा माल्दिभ्सका लायन रसिदले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। तर ८८औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्‍याए। त्यसपछि समीरले खेलको दोस्रो हाफको अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे।

समूह ‘ए’ बाट सेमिफाइनलमा नेपाल र पाकिस्तान पुगेका छन्। माल्दिभ्स भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: ८ असोज २०८० १९:५९ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast