सुष्मा पौडेललाई नारी उत्थान समाजसेवा पुरस्कार

हिमाल प्रेस ७ असोज २०८० १४:४२ | Sunday, September 24, 2023
सुष्मा पौडेललाई नारी उत्थान समाजसेवा पुरस्कार

पोखरा- नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडललाई प्रदान गरिने भएको छ। नारी उत्थान दिदीबहिनी समूह, पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको छनोट समिति संयोजक छन्दनायक माधव वियोगीले बताए।

प्रतिभा छनोटका लागि समूहका संस्थापक सल्लाहकार छन्दनायक वियोगीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो। जसको सदस्यमा समूहकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला भुजेल सदस्य थिए।

पत्रकारितासँगसँगै महिला हिंसा न्यूनीकरण र सामाजिक जागरणका विभिन्न अभियानमा सक्रिय पोखरा बिरौटा निवासी पौडेल पत्रकार, अधिवक्ता र सामाजिक अभियन्ताको रुपमा परिचित छिन्।

प्रकाशित: ७ असोज २०८० १४:४२ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast