२५औँ लामाचौर तीज महोत्सव सुरु

हिमाल प्रेस ३० भदौ २०८० १७:५९ | Saturday, September 16, 2023
२५औँ लामाचौर तीज महोत्सव सुरु

पोखरा- नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५औँ संस्करणको लामाचौर तीज महोत्सव शनिबारदेखि सुरु भएको छ।

संस्थाको २७औँ वार्षिक समारोह एवं तीजको अवसरमा ३ दिनसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा महोत्सव हुनेछ। महोत्सवको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले गरे।

उनले नेपाली कला संस्कृति संरक्षणमा जोड दिँदै नवआदर्शले निरन्तर आयोजना गर्दै आएको महोत्सवको सफलताको शुभकामना दिए। संस्थाको विकासमा केन्द्रले के सहयोग गर्नुपर्ने हो, त्यसका लागि आफू सधैँ तयार रहेको मन्त्री आचार्यले आश्वासन दिए।

उनले रीतिरिवाज र पहिचान कसैले पनि तोड्न नहुने भन्दै यसखालका मेला महोत्सवले आर्थिक गतिविधि चलायमान हुने बताए। संविधानले निर्दिष्ट गरेका महिलाको हक अधिकार प्राप्तिमा आफूले सक्दो पहल गर्ने उनको प्रतिबद्धता थियो।

संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले विषम परिस्थितिबीच पनि महोत्सव आयोजना गरिएको बताए।

प्रकाशित: ३० भदौ २०८० १७:५९ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast