पोखरा- यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार फोटो पत्रकार उमेश पुनलाई प्रदान गरिने भएको छ। पुरस्कार राशि २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र छ।
प्रतिभा छनोट समितिले गरेको सिफारिसका आधारमा सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए। डेढ दशकदेखि फोटो पत्रकारितामा क्रियाशील पुन हाल नागरिक राष्ट्रिय दैनिकमा आबद्ध छन्।
उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यसमिति सदस्य तथा नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव हुन्। सहारा क्लब स्थापनाको रजत जयन्ती अवसरमा शनिबार आयोजना हुने समारोहमा पुरस्कार हस्तान्तरण गरिनेछ।
प्रकाशित: २८ भदौ २०८० २०:१३ | Thursday, September 14, 2023
प्रतिक्रिया



