एसिया कप : यस्तो छ भारतविरुद्ध पाकिस्तानको ‘प्लेइिङ ११’

हिमाल प्रेस २४ भदौ २०८० ९:१८ | Sunday, September 10, 2023
एसिया कप : यस्तो छ भारतविरुद्ध पाकिस्तानको ‘प्लेइिङ ११’

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर फोरमा आइतबार दिउँसो भारत र पाकिस्तानबीच खेल हुँदैछ।

समूह चरणमा नेपाललाई हराएर सुपर फोर पुगेका दुवै टिमको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो। त्यसपछि सुपर फोरमा उक्त दुई टिमका लागि ‘रिजर्व डे’ राखेर पनि खेल हुने एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जानकारी गराएको छ।

भारतको प्लेइङ ११ मा इशन किशन वा केएल राहुलमध्ये कसलाई स्थान दिने टुंगो लाग्न सकेको छैन। तर पाकिस्तानले खेलका लागि शनिबार नै आफ्नो अन्तिम ११ जना खेलाडीको टुंगो लगाइसकेको छ।

बाबर आजमको कप्तानीमा शादब खान, फखर जमान, इमामउल हक, सल्मान अलि अघा, इफ्तिखर अहमद टिममा छन्। त्यस्तै विकेट किपर महमद रिजवानसहति फहीम अशरफ, नसीम शाह, शाहीन शाह अफ्रिदी र ह्यारिस रउफ अन्तिम ११ खेलाडीमा छन्।

प्रकाशित: २४ भदौ २०८० ९:१८ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast