नेपाली सेनाका मेजर बेपत्ता

हिमाल प्रेस ११ भदौ २०८० १४:१३ | Monday, August 28, 2023
नेपाली सेनाका मेजर बेपत्ता जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाका एक सेनानी (मेजर) बेपत्ता भएका छन्। डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपतिसमेत रहेका विमल पण्डित आइतबारदेखि बेपत्ता भएका हुन्।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आइतबार साँझदेखि पण्डित सम्पर्कमा नभएको हिमालप्रेसलाई जानकारी दिए।

‘हिजो आइतबारदेखि उहाँ सम्पर्कमा हुनुहुन्न। त्रिपुरासुन्दरी जान्छु भनेर जानु भएको थाहा भएको छ। तर अहिलेसम्म कहाँ हुनुहुन्छ, कहाँ जानु भएको केही पत्तो छैन,’ उनले भने, ‘यहाँ डीएसपीसापको टोलीले खोजी कार्य पनि तीव्र पारेको छ तर केही पत्तो पाइएको छैन।’

नेपाल प्रहरीका डीएसपीको नेतृत्वको टोलीसँगै सशस्त्र प्रहरी, आर्मीकै समूह, राष्ट्रिय अनुसन्धानको टोली पण्डितको खोजीमा खटिएको पोखरेलले बताए।

प्रकाशित: ११ भदौ २०८० १४:१३ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast