आँबुखैरेनी अस्पतालमा ‘डायलायसिस’ सेवा सुरु गर्ने तयारी

हिमाल प्रेस १० भदौ २०८० ६:३८ | Sunday, August 27, 2023
आँबुखैरेनी अस्पतालमा ‘डायलायसिस’ सेवा सुरु गर्ने तयारी डायलासिस मेसिन। फाइल तस्बिर

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ।

यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई तीन उपकरण उपलब्ध गराएको हो। ४३ लाख ९२ हजार रुपैयाँ बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत लगायतको ध्यानाकर्षण गराइएको थियो।

सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलायसिस उपकरण प्राप्त भएको गाउँपालिका अध्यक्ष चुमानले बताए। ‘लामो समयको प्रयासले सार्थकता पाएको छ, अब यही आर्थिक वर्षभित्रै अस्पतालमा डायलायसिस सेवा सुरु हुन्छ।’

प्रकाशित: १० भदौ २०८० ६:३८ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast