काठमाडौँ- २६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा हटाइएको छ। स्वास्थ्य बिमा बोर्डमार्फत् प्रदान गर्दै आएको बिमा सेवा हटाइएको हो। आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यपछि २०८० साउन अन्तिमसम्म सो संख्यामा अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ।
अघिल्लो आर्थिक वर्षको बजेट वक्तव्यपछि आफैँले सेवा बन्द गरेका र बजेटपछि सम्झौता अवधि समाप्त भइ नवीकरण नभएका अस्पतालहरूबाट बिमा सेवा हटाइएको बोर्डले जनाएको छ।
प्रकाशित: ८ भदौ २०८० १५:१२
प्रतिक्रिया