भारतबाट फर्किएका अमरेशले भने: नयाँ दलबारे छलफल चलिरहेको छ, टुंगोमा पुगेका छैनौँ

राउत र चौधरीको पार्टीलाई पनि सँगै राख्‍ने प्रयास

हिमाल प्रेस २७ मंसिर २०७९ २२:००
24
SHARES
भारतबाट फर्किएका अमरेशले भने: नयाँ दलबारे छलफल चलिरहेको छ, टुंगोमा पुगेका छैनौँ

काठमाडौँ- मंसिर ४ को निर्वाचनमा पार्टीबाट टिकट नपाएका वा आफूले भनेको स्थान नपाएकाले स्वतन्त्ररुपमा नागरिक सामु गएर आफ्नै पार्टीका नेतालाई हराएर सांसद बनेकाहरूबीच नयाँ दल गठन गर्ने तयारी भएको छ। यस विषयमा उनीहरुले पटक पटक  छलफलसमेत गरिसकेका छन्। स्वतन्त्ररुपमा निर्वाचन जितेका प्रभु साह, अमरेश सिंह, किरण साह र योगेन्द्र मण्डलबीच यस्तो छलफल भएको हो।

अमरेश मंगलबारमात्रै भारतबाट काठमाडौँ फर्केका हुन। उनी आफ्ना छोरी र छोरालाई विदामा घर ल्याउन भारत गएको बताउँछन्। बल्ल काठमाडौँ आइपुगे पार्टी निर्माणबारे छलफल हुन्छ, उनले भने। निर्वाचन लगत्तै भारत गएका अमरेशले त्यहाँ राजनीतिक भेटघाट पनि गरेका थिए। कांग्रेसका पूर्वनेताले नयाँ दल गठनबारे छलफल सुरु भएको तर कसरी जाने अझै टुंगो नलागेको बताए।

‘पार्टी गठनको विषयमा छलफल सुरु भएको छ। केही दिनपछि यस विषयले तीव्रता पाउनसक्छ,’ अमरेशले हिमाल प्रेससँग दिल्लीबाट फर्कने वित्तिकै भने, ‘दल गठन गरेर जाने विषयमा निर्वाचन अघि नै छलफल भएको हो । निर्वाचनपछि एक चरण छलफल भएको हो। यसलाई अव जारी राख्नुपर्छ।’

अमरेशका अनुसार रौतहट-३ का प्रभु साह, रौटहट-२ का किरण साह र मोरङ-५ बाट विजयी भएका योगेन्द्र मण्डल र आफूबीच छलफल भएको थियो। ‘मैले केही समयअघि छलफल गरेको त हो। तर नितान्त घरायसी कामले म भारत गए, दिल्लीमा खास बसिन। तर त्यहाँ गएपछि उतै पढेको हुनाले साथीभाइसँग भेटघाट भयो,’ उनले भने, ‘आज आएको छु। अब भेटघाट बाक्लिने छ। छलफल भएर हामी एउटा निश्कर्षमा पुग्नेछौँ।’

फरक विचर र पृष्टभूमी भएका यहाँहरुबीच मिलन होला र भन्ने जिज्ञासा उनले भने, ‘अहिलेका दलहरु लोकतन्त्रका लागि खतरा भए। ८० वर्षको मानिस पनि प्रधानमन्त्री बन्न खोज्दै छ। सभापति पनि नछाडेर पार्टी नै तहस नहस पारिसक्यो। अब हामी पचास पुगिसक्यौ विकल्पमा जानु परेन र? हामी मिलेर अघि बढ्न आवश्यक छ।’

वर्तमान  दलभित्र खतरनाक रोग लागिसकेकाे उनले बताए। ‘जसले दलभित्र न्यायको कुरा गर्छ, लोकतन्त्रको कुरा गर्छ, पार्टीको आलोचन गर्छ, सच्याउन खोज्छ , उसले टिकट नपाउने अवस्था आइसक्यो। किन्नुपर्ने आवस्था आइसक्यो। आन्तरिक लोकतन्त्र भएन । आन्तरिक लोकतन्त्र भएको पार्टी बनाउन आवश्यका छ,’ उनले भने।

अमरेशले जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसँग पनि छलफल भएको जानकारी दिँदै भने, ‘विभिन्न शक्तिलाई मिलाएर फरक धारको मोर्चा बनाएर पार्टी बनाउने योजना हाम्रो छ। देशको प्रजातन्त्रको रक्षाका लागि वैकल्पिक शक्ति बनाउन आवश्यक छ।’

निर्वाचन मात्र लोकतन्त्र होइन भन्दै उनले भने, ‘निर्वाचन त पञ्चायतकालिन नेपालमा पनि हुन्थ्यो तर त्यस समयमा प्रजातन्त्र थिएनन् नि। अहिले नाम लोकतन्त्र काम जहानिया छ।’ देशभर विस्तार गर्नेगरी नयाँ दल बनाउन सकिनेछ। त्यसको गृहकार्य भए पनि टुंगोमा पुगिसकेको छैन। हामी आगामी निर्वाचनको छ महिना अघि नभै अहिलेदेखि नै संगठीत भएर पार्टी खोल्ने तयारी गर्नेछौे उनले बताए।

कांग्रेसको उम्मेदवारलाई हराएर आएको पुनः कांग्रेसमा कसरी जाने, मन भित्र लोकतन्त्र र समाजवाद छ त्यही आधारमा अर्को पार्टी बन्न सक्छ भन्दै उनले भने, ‘प्रभुसाह काठमाडौँ आएपछि हामीबीच छलफल हुनेछ। माओवादी हुँदै एमाले बनेका साह निर्वाचनको अन्तिम समयमा आएर स्वतन्त्ररुपमा निर्वाचनमा गएका थिए।

रौतहट-२ बाट निर्वाचित किरण पनि प्रभुसँग जोडिएका छन्। एमालेले टिकट नदिएपछि मण्डल मोरङ-५ मा स्वतन्त्र उम्मेदवार उठेका थिए। राउत र चौधरीको पार्टी मिलाएर अघि बढ्दा मुलुकभर संगठन विस्तार हुनसक्ने हुनाले उनीहरु त्यसमा लागेका हुन्।

प्रकाशित: २७ मंसिर २०७९ २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast