नांगो गाउँ’को ट्रेलर : दयाहाङ र शिशिरको चुनावी ‘पौठेजोरी’को कथा

हिमाल प्रेस ५ भदौ २०८० ११:३४ | Tuesday, August 22, 2023
नांगो गाउँ’को ट्रेलर : दयाहाङ र शिशिरको चुनावी ‘पौठेजोरी’को कथा

काठमाडौँ- भदौ २९ देखि प्रदर्शन हुने फिल्म ‘नांगो गाउँ’ को ट्रेलर सार्वजनिक गरिएको छ।

बुढा सुब्बा डिजिटल च्यानलबाट सार्वजनिक भएको ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ २२ मा परेको छ। ट्रेलर तीन लाखभन्दा बढिले हेरिसकेका छन्।

करिब चार मिनेट लामो ट्रेलरमा राजनीतिक दोपेचको कथा प्रस्तुत गरिएको छ। चुनाव जितेर गाउँको विकास गर्ने एजेन्डा बोकेका दुई उम्मेदवार पासाङ लामा (दयाहाङ राई) र जरी लामा (शिशिर बाङ्देल)को चुनाव जित्ने संघर्ष ट्रेलरमा देखाएको छ।

फिल्ममा दयाहाङ र शिशिरसहित मिरुना मगर, कार्म शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, सविन बाँस्तोला, शंकर आचार्य, निमा पाण्डेलगायत कलाकारको अभिनय छ।

दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म भदौ २९ देखि प्रदर्शन हुनेछ। आलोक शुक्लाले छायांकन गरेको फिल्म बनिश शाहले सम्पादन गरेका छन्।

निर्देशक लामाकै पटकथा लेखन रहेको फिल्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत थुप्रै देशमा फिल्म प्रदर्शन गरिनेछ।

जय श्रेष्ठले निर्माण गरेको फिल्म क्लर्क वर्क क्रियसनको ब्यानरमा बनेको छ।

प्रकाशित: ५ भदौ २०८० ११:३४ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast