५ बुँदे माग राख्दै पशुपन्छीसम्बद्ध ८ संगठनले दिए सिंहदरबार घेर्ने चेतावनी

हिमाल प्रेस १ भदौ २०८० १९:३९ | Friday, August 18, 2023
५ बुँदे माग राख्दै पशुपन्छीसम्बद्ध ८ संगठनले दिए सिंहदरबार घेर्ने चेतावनी

काठमाडौँ- पशुपन्छीसम्बद्ध ८ संगठनले ५ बुँदे माग राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाललाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन्।

संगठनहरूले लम्पी स्किन, अफ्रिकन स्वाइन फिबर, बर्ड फ्लूलगायत पशुजन्य रोगबाट प्रभावित किसानलाई तत्काल राहत दिनुपर्नेलगायत माग राख्दै मन्त्री भुसाललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।

नेपाल भेटेरिनरी एसोसिएसन, नेपाल एनिमल साइन्स एसोसिएसन, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन र नेपाल पशु स्वास्थ्य प्राविधिक संघका पदाधिकारीले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

 त्यस्तै नेपाल पशुपन्छी औसधि व्यवसायी संघ, नेपाल लेयर्स कुखुरा पालक संघ, नेपाल पशुपन्छी औसधि पैठारीकर्ता संघ र नेपाल दाना उद्योग संघका पदाधिकारीले पनि ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्।

चालु आर्थिक वर्षको बजेटमार्फत शून्य बजेट बनाइएका पशुसम्बद्ध संरचनामा बजेटको व्यवस्था गर्नुपर्ने, पशुसम्बद्ध रोगबाट प्रभावित किसानलाई तत्काल राहत दिनुपर्ने, प्रत्येक स्थानीय तहमा भेटेरिनरी अस्पताल स्थापना गर्नुपर्ने लगायत माग राखेका छन्। माग सम्बोधन नभए सिंहदबार घेराउ गर्ने चेतावनी ज्ञापनपत्रमा दिइएकाे छ।

प्रकाशित: १ भदौ २०८० १९:३९ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast