उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्छ : प्रहरी महानिरीक्षक

हिमाल प्रेस ३२ साउन २०८० ६:३५
6
SHARES
उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताएका छन्।

हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीमा खरोरूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृत थप सक्रिय हुनुपर्ने बताए।

प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई सुधार्न, थप सुदृढ एवं बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लागि सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गरे। ‘व्यावसायिक स्वार्थलाई आत्मसात् गरी निष्ठावान, इमान्दार एवं सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ’, उनले भने।

उनले कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भएकाले हरेक पलपलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवं नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए।

आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसात् गरी सिमान्तकृत एवं पीडितवर्गको सारथी भई उनीहरूको समस्या एवं गुनासोलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । प्रहरी महानिरीक्षक कुँवरले संगठनको आन्तरिक सुदृढीकरण एवं प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्न सरूवाको मापदण्ड अगाडि बढाएको बताए।

उनले कानुनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजनाअनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजस्व अभिवृद्धि, चोरीपैठारीलगायत अन्य आपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी बहन गर्नुपर्ने बताए।

भीड नियन्त्रणमा थप संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी कार्य गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: ३२ साउन २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast