नेपालको गोलभेँडा भारतमा, शुक्रबार तीन सहरमा पुग्ने संसद्लाई अर्थमन्त्री सीतारमणको जानकारी

हिमाल प्रेस २५ साउन २०८० १८:३५ | Thursday, August 10, 2023
नेपालको गोलभेँडा भारतमा, शुक्रबार तीन सहरमा पुग्ने संसद्लाई अर्थमन्त्री सीतारमणको जानकारी

काठमाडौँ- भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट गोलभेँडा आयात गरिरहेको जानकारी संसद्‍मा गराएकी छिन्।

भारतभर अत्यावश्यक वस्तुको अभाव र गोलभेँडाको मूल्य अत्यधिक वृद्धि भएको सम्बन्धमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री सीतारमणले नेपालबाट गोलभेँडा आयात गरेर आपूर्ति व्यवस्था गर्न लागेको जानकारी गराइन्। ‘आयातका अवरोध हटाएर हामीले नेपालबाट गोलभेँडा आयात गर्न पहल गरेका छौँ,’ उनले संसद्‍मा भनिन्, ‘नेपालबाट आएको पहिलो लट शुक्रबार बनारसी, लखनउ र कानपुर आइपुग्दैछ।’

उनले विपक्षीले भनेजस्तो भारतमा गोलभेँडाको अभाव नरहेको र मूल्यवृद्धि पनि अत्यधिक नरहेको दाबी गरिन्। आन्ध्रा प्रदेश, महाराष्ट्र र कर्नाटका राज्यमा गोलभेँडाको उत्पादन बढेको पनि उनले दाबी गरिन्। अहिले गोलभेँडाको मूल्य ठाउँअनुसार फरक फरक रहेको उनको भनाइ थियो।

गोलभेँडाको आपूर्ति सहज बनाउनकै लागि दिल्लीमा ‘गोलभेँडा मेगा सेल’ लाउने तयारी भइरहेको पनि उनले बताइन। ‘राष्ट्रिय सहकारी उपभोक्ता महासंघ लिमिटेड (एनसीसीएफ)ले यही हप्ता दिल्लीमा मेगा सेल लगाउँदैछ,’ उनले भनिन्, ‘उक्त सेलमा सहुलियतमा गोलभेँडा बिक्री गरिनेछ। यसबाट दिल्लीका धेरै ठाउँमा गोलभेँडाको आपूर्ति सहज हुनेछ।’ मेगासेलमा ७० रुपैयाँ प्रतिकेजीका दरले गोलभेँडा बिक्री हुने उनको भनाइ थियो।

‘हामीले अत्यावश्यक वस्तुहरु सहजरूपमा आपूर्ति गर्न आवश्यक भण्डारण गरेका छौँ,’ उनले भनिन्, ‘आन्ध्रा, महाराष्ट्र र कर्नाटकामा गोलभेँडा उत्पादन बढेको म जानकारी गराउन चाहन्छु। भोलभेँडा वितरणका लागि सहकारीहरूसँग समन्वय भइरहेको पनि जानकारी गराउन चाहन्छु।’

प्रकाशित: २५ साउन २०८० १८:३५ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast