एसिया कप क्रिकेटअघि नेपाल र पाकिस्तानबीच अभ्यास

हिमाल प्रेस २४ साउन २०८० २०:०७
20
SHARES
एसिया कप क्रिकेटअघि नेपाल र पाकिस्तानबीच अभ्यास

काठमाडौँ- क्रिकेट एसिया कप सुरु हुनुअघि नेपाल र पाकिस्तानबीच अभ्यास खेल हुने भएको छ। पाकिस्तानमा यही अगस्ट ३० तारिखदेखि सुरु हुने एसिया कप क्रिकेटको पहिलो खेल नै नेपाल र पाकिस्तानबीच हुने तय गरिएको छ।

सोभन्दा अघि पाकिस्तानसँग अभ्यास खेल्न नेपाली टिम यही अगस्ट २२ तारिखमा पाकिस्तान पुग्ने भएको छ। यसअघि एसिया कपका लागि नेपाली टिम २७ अगस्टमा पाकिस्तान पुग्ने तालिका थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले पाकिस्तानी क्रिकेट बोर्डलाई अभ्यास खेलका लागि चाँडै पाकिस्तान पुग्ने जानकारी गराएको उद्धृत गर्दै पाकिस्तानी न्यूज पोर्टल समाले समाचार प्रकाशित गरेको छ।

यसैबीच पाकिस्तान क्रिकेट बोर्डले एसिया कपका लागि १७ सदस्यीय टिम घोषणा पनि गरेको छ। बाबर आजमको कप्तानीमा पाकिस्तानी क्रिकेट बोर्डले बुधबार टिम घोषणा गरेको हो। एसिया कपमा नेपाल, पाकिस्तान र भारत एउटा समूहमा छन्। ६ टिमको सहभागिता हुने एसिया कप प्रतियोगितामा श्रीलंका, बंगलादेश र अफगानस्तान अर्को समूहमा छन्।

प्रकाशित: २४ साउन २०८० २०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast