ल्हारक्याल नियुक्तिप्रति लेखनाथ न्यौपानेको कटाक्ष : रुपान्तरणको अभियान लुम्बिनीबाट सुरु भएछ

हिमाल प्रेस २२ साउन २०८० ८:००
10
SHARES
ल्हारक्याल नियुक्तिप्रति लेखनाथ न्यौपानेको कटाक्ष : रुपान्तरणको अभियान लुम्बिनीबाट सुरु भएछ

काठमाडौँ- सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामालाई नियुक्त गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि व्यक्त हुन थालेको छ।

माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी बैठकको निर्णय स्मरण गराउँदै ल्हारक्यालको नियुक्तिप्रति कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रुपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो तर बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ?’ ल्हारक्यालको नियुक्तिलाई पार्टीको रूपान्तरण अभियानसँग तुलना गरेर नेता न्यौपानेले कटाक्ष गरेका हुन्।

मन्त्रिपरिषद्को बैठकले लामालाई ५ वर्षे कार्यकालका लागि विकास कोषको उपाध्यक्ष नियुक्त गरेको निर्णय आइतबार सार्वजनिक भएको थियो।

प्रकाशित: २२ साउन २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast