क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे संन्यासको घोषणा

हिमाल प्रेस १९ साउन २०८० १५:३७
14
SHARES
क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे संन्यासको घोषणा

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन्। आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्। साथै उनले एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको पनि बताए।

उनले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए। यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए।

उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपालको जर्सीमा अन्तिम खेल खेले। सन् २००९ मा पारस खड्काको कप्तानीमा उनी १० वर्षसम्म उपकप्तानको भूमिकामा रहे।

२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएसँगै ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाए।

प्रकाशित: १९ साउन २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =