पीएनजी टी २० विश्वकपमा, नेपालको सम्भावना कति?

हिमाल प्रेस १२ साउन २०८० १६:५४
34
SHARES
पीएनजी टी २० विश्वकपमा, नेपालको सम्भावना कति?

काठमाडौँ- पपुवा न्युगिनी (पीएनजी)ले सन् २०२४ मा हुने आईसीसी टी २० विश्वकपमा स्थान पक्का गरेको हो। पीएनजीले विश्वकप छनोटमा जापान, फिलिपिन्स र भानुआटुसँग प्रतिस्पर्धा गरेको थियो।

डबल राउन्ड रोबिनमा चलेको प्रतिस्पर्धामा पीएनजीले लगातार पाँच खेलमा जित निकालेर विश्वकपमा पक्का गरेको हो। पीएनजीसँगै क्षेत्रीय छनोटबाट तीन टिमले स्थान पक्का गरेका छन्। जसमा युरोप छनोटबाट आयरल्यान्ड र स्कटल्यान्डले स्थान पक्का गरेका हुन्। अब अफ्रिकाबाट दुई टिम आउनेछन्।

२०२४ मा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले संयुक्तरूपमा आयोजना गर्दैछन्।

नेपालको सम्भावना कति?

विश्वकपमा स्थान बनाउन नेपालले अब समूह चरणको चुनौती सामना गर्नुपर्ने छ।

नेपालले एसिया छनोट खेल्नु पर्नेछ। एसियाको अन्तिम छनोट आगामी नोभेम्बरमा नेपालमा हुँदैछ।

जहाँ आठ टिमले भाग लिँदैछन्। ८ टिममध्ये शीर्ष दुईमा पर्न सके नेपाल विश्वकपमा पुग्नेछ। जुन टिममा नेपालसहित संयुक्त अरब इमिरेट्स(यूएई), ओमान, हङकङ, सिंगापुर, बहराइन पुगेका छन्।

अब दुई टिमले क्वालिफायर खेलेर अन्तिम टोलीमा पुग्नेछन्। टिमबीच दुई समूहमा रहेर प्रतिस्पर्धा हुनेछ।

समूह विजेता बनेका दुई टोलीले विश्वकपमा स्थान बनाउने छन्। नेपाल विश्वकपमा पुग्न घरेलु मैदानको साथ रहनेछ। आउँदो अक्टोबर ३० देखि नोभेम्बर ९ सम्म टीयू (त्रिभुवन मैदान) र मूलपानी मैदानमा हुनेछ।

कति टिम पुगे विश्वकपमा?

हालसम्म टी २० विश्वकप २०२२ मा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सिधा छनोटबाट पुगेका छन्।

अमेरिका र वेस्ट इन्डिज गरी २ टिमले आयोजक भएर स्थान बनाएका छन् भने आईसीसी विश्व वरीयताका आधारमा अफगानिस्तान र बंगलादेश विश्वकप पुगिसकेका छन्।

क्षेत्रीय हिसावले पीएनजी, आयरल्यान्ड र स्कटल्यान्डले स्थान पक्का गरिसकेका छन्।

प्रकाशित: १२ साउन २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =