साना किसानको सेयर रजिष्ट्रारमा सन्‌राइज क्यापिटल नियुक्त

हिमाल प्रेस १२ साउन २०८० १४:०३ | Friday, July 28, 2023
साना किसानको सेयर रजिष्ट्रारमा सन्‌राइज क्यापिटल नियुक्त

काठमाडौँ– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा सन्‌राइज क्यापिटल लिमिटेड नियुक्त भएको छ।

रजिष्ट्रार नियुक्तसम्बन्धी सम्झौतामा साना किसानका प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र सन्‌राइज क्यापिटल लिमिटेडका प्रम्ुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यससँगै साना किसानको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण काम सन्‌राइज क्यापिटल लिमिटेडले गर्नेछ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त मर्जर भएर साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाममा असार २४ देखि एकीकृत कारोबार सुरु भएको थियो।

प्रकाशित: १२ साउन २०८० १४:०३ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast