एमालेको अवरोधपछि संसद् बैठक स्थगित [फोटो फिचर]

दिपेश श्रेष्ठ १० साउन २०८० १६:३८ | Wednesday, July 26, 2023
एमालेको अवरोधपछि संसद् बैठक स्थगित  [फोटो फिचर] फाइल तस्बिर

काठमाडौँ- प्रमुख विपक्षी दल नेकपा एमालेले सय किलो सुन प्रकरणलाई लिएर संसद् बैठक अवरोध गरेको छ। उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले बेल घेराउ गर्दै नाराबाजी गरेको थियो। लगत्तै सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए।

प्रमुख प्रतिपक्षी एमालेले उक्त प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा पनि माग गरेको छ।

एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे। सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको सेटिङमा भएको आरोप उनको छ। गिरीले भने, ‘यस विषयमा छानबिन गर्न संसद्बाट उच्चस्तरीय छानबिन गर्न सभामुखले रुलिङ गर्नुपर्‍यो।’

उनले सुन तस्करी प्रकरणमा सत्ता पक्षीय माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरालाई छानबिन गर्न सरकारले खुट्टा कमाइरहेको आरोप लगाए।

 

 

प्रकाशित: १० साउन २०८० १६:३८ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast