‘जुलेबी’को टिजर सार्वजनिक

हिमाल प्रेस ९ साउन २०८० १७:०५ | Tuesday, July 25, 2023
‘जुलेबी’को टिजर सार्वजनिक

काठमाडौँ- आगामी भदौ १ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा प्रेम र उतारचढावको कथा प्रस्तुत गरिएकाे छ। मानिसमा हुने इच्छा, जोश र प्रेमको अमूतर्तालाई टिजरमा देखाइएको छ।

फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदीलगायत कलाकारले अभिनय गरेका छन्। गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विवेक खड्काको छायांकन र अजय खड्काको सम्पादन छ। आभा शर्माले निर्माण गरेकी फिल्म फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको छ।

प्रकाशित: ९ साउन २०८० १७:०५ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast