अन्तर्राष्ट्रिय खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी

हिमाल प्रेस ८ साउन २०८० २०:०३ | Monday, July 24, 2023
अन्तर्राष्ट्रिय खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी

काठमाडौँ- अन्तर्राष्ट्रिय खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ परेको छ। तीन जना फरार छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लीलाबहादुर भोलोन रहेका छन्। दीपेश गुरुङ भन्ने भीम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनीहरूले बूढानीलकण्ठमा घर भाडामा लिएर खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

आरोपीहरूले गत जेठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर फर्निचरलगायतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समानहरू तथा खाद्य सामग्रीहरू खरिद गर्न बोलपत्र आह्वान गरेका थिए। बोलपत्र स्वीकृतसमेत गरी विभिन्न सामानहरू ल्याई रकम भुक्तान नगरेको कार्कीले जानकारी दिए।

पक्राउ परेकाहरूबाट दुई लाख रुपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरू, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छापलगायत प्रहरीले बरामद गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ साउन २०८० २०:०३ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast