शुक्रबारदेखि ‘लक्ष्मीभ्यालु फण्ड २’ निष्कासन

हिमाल प्रेस ४ साउन २०८० १९:४४ | Thursday, July 20, 2023
शुक्रबारदेखि ‘लक्ष्मीभ्यालु फण्ड २’ निष्कासन

काठमाडौँ- लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शुक्रबारदेखि ‘लक्ष्मीभ्यालु फण्ड २’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ। क्यापिटलले लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरी प्रतिएकाइ १० रुपैयाँ अंकित दरले ८० करोड रुपैयाँ बराबरको ८ करोड एकाइ निष्कासन गर्न लागेको हो।

सोमध्ये १५ प्रतिशत एकाई कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंकले बिजपुँजीको रूपमा लगानी गर्नेछ। बाँकी रहेको ६ करोड ८० लाख एकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने कम्पनीले जानकारी दिएको छ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम एक सय एकाइदेखि अधिकतम ८० लाख एकाइसम्म आवेदन दिन सक्ने कम्पनीको भनाइ ५। शुक्रबारबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन ९ गते र ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित: ४ साउन २०८० १९:४४ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast