नबिल एसएसई तेस्रो ब्याचको आवेदन खुल्यो

हिमाल प्रेस ४ साउन २०८० १२:४६ | Thursday, July 20, 2023
नबिल एसएसई तेस्रो ब्याचको आवेदन खुल्यो

काठमाडौँ­– नबिल सामाजिक उद्यमशीलता (नबिल एसएसई)अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुलेको छ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित कार्यक्रमले दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ।

कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत क्षेत्रमा नविनतम् सोच भएका १८ वर्षदेखि माथिका नागरिकले आवेदन दिन सक्नेछन्।

आवेदनको लिंक नबिल एसएसईको फेसबुक पेज र बैंकको बेवमा उपलब्ध छ। जसमार्फत भदौ ३ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ।

सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गर्ने लक्ष्य बोकेको कार्यक्रम ६ महिनासम्म चल्ने छ।

कार्यक्रमअन्तर्गत हरेक महिना ३ दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्नुपर्नेछ।

तालिम अवधि र त्यसपछिको ६ महिना गरी १ वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ।

यस फेलोसिप कार्यक्रमबाट यसअघि ३६ जनाले उद्यमशील तालिम प्राप्त गरिसकेका छन्।

प्रकाशित: ४ साउन २०८० १२:४६ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast