भुर्तेलको कुशल बलिङले यूएई ‘ए’ १५७ रनमा सीमित

हिमाल प्रेस ३ साउन २०८० १३:५७ | Wednesday, July 19, 2023
भुर्तेलको कुशल बलिङले यूएई ‘ए’ १५७ रनमा सीमित

काठमाडौँ- ओपनर ब्याट्सम्यान कुशल भुर्तेल बलिङमा चम्किँदा संयुक्त अरब इमिरेट्स (यूएई ‘ए’) १५७ रनमा समेटिएको छ। पछिल्लाे समय ब्याटिङमा खासै जम्न नसकेका भुर्तेलले एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत बुधबार उत्कृष्ट बलिङ गर्दै यूएई ‘ए’ काे ६ विकेट लिए।

श्रीलंकाको कोलोम्बोमा जारी खेलमा यूएई एले टस जितेर ब्याटिङ राेजेकाे थियाे। खेलमा कुशलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए। कुशलको सानदार बलिङकै कारण नेपालले ४४ ओभरमा यूएई एलाई अलआउट गरेकाे हाे।

नेपालका लागि श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए। ब्याटिङमा उत्रिएको यूएई एका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेले।

सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए। इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए। यूएई एका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। यूएई एको अन्तिम विकेटका रूपमा निलान्श केशवन नौ रनमा आउट भए।

समूह बी मा रहेका नेपाल र यूएई ए दुवै समूह चरणबाट बाहिरिसकेका छन्। नेपाल पहिलो खेलमा पाकिस्तान एसँग ४ विकेट र दोस्रो खेलमा भारत एसँग ९ विकेटले पराजित भएको थियो। नेपाल र यूएई ए दुवै पहिलो जितको खोजीमा छन्। दाेस्राे इनिङ्स अर्थात नेपालकाे ब्याटिङ केहीबेरमा सुरु हुनेछ।

प्रकाशित: ३ साउन २०८० १३:५७ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast