संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने अवस्था आयो : कांग्रेस बागमती सभापति

हिमाल प्रेस ३ साउन २०८० १२:५१
10
SHARES
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने अवस्था आयो : कांग्रेस बागमती सभापति

काठमाडौँ- नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताले खोजेको अहिलेकै व्यवस्था भए पनि परिमार्जन हुँदै जानुपर्ने बताएका छन्। बुधबार पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकमा बोल्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संविधान संशोधनको विषय उठान गरेका हुन्।

‘जनताले खोजेको र रोजेको व्यवस्थाभित्र जनताले सुधार खोजेका छन्। निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने हो कि ? संविधान संशोधन गर्नुपर्ने हो कि ?,’ उनले भने, ‘संघीयता पहिचान र प्रतिस्पर्धा हो, संसारको उत्कृष्ट संविधान भन्दाभन्दै जनतामा निराशा किन अयो ? नयाँ पार्टीको उदय सुशासनको नारामा टेकेर भएको छ। हामीले त्यसतर्फ ध्यान दिनुपर्छ कि ?’

बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै नयाँ पार्टीको उदय भएको र यसको कारण के हो ? यसको खोज गर्ने कि नगर्ने भन्दै प्रश्न गरे। पार्टीको प्रदेश समितिलाई नेतृत्वले हेपेको उनको गुनासो छ।

प्रकाशित: ३ साउन २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast