कांग्रेस बैठकमा पूर्णबहादुर खड्का : हाम्रो बोली, जीवनशैलीप्रति सतर्क हुनुपर्छ

हिमाल प्रेस २ साउन २०८० १६:३३ | Tuesday, July 18, 2023
कांग्रेस बैठकमा पूर्णबहादुर खड्का : हाम्रो बोली, जीवनशैलीप्रति सतर्क हुनुपर्छ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले पार्टीका नेताहरूले गर्ने हरेक व्यवहारमा सतर्कता अपनाउनुपर्ने बताएका छन्।

मंगलबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले सरकारको कामबाट जनतालाई नयाँ आशा र भरोसा दिलाउनुपर्ने अवस्था रहेको बताएका हुन्।

कांग्रेस देशको ठूलो दल भएकोले पनि यो पार्टीका नेताहरू व्यवहार र जीवनशैलीप्रति सतर्क हुनुपर्ने उनको भनाइ छ।

‘पार्टीको संगठन, निष्ठा र प्रभावमा हामी सरकारमा गएकाको भूमिका, हाम्रो बोली, जीवनशैली, निर्णयशैलीले असर पार्छन यसमा सतर्क हुन जरुरी छ,’ उनले भने, ‘बजेटमा व्यवहारतः गर्नुपर्ने परिमार्जनहरु, बजेटलाई कानुनी रुपमा मिलाउनसक्ने कुरालाई ध्यानमा राखेर बजेट कार्यान्वयन गर्नुपर्ने अवस्था छ। तुलनात्मक रुपमा अरु दलभन्दा कांग्रेसको भूमिकाले जोडिएका दलहरुलाई विश्वासमा लिएर जानुपर्ने वातावरण बनाउनुपर्नेछ।’

संसदमा प्रतिपक्षमा रहेका दलहरूलाई समेत साथमा लिएर मुलुकको प्रतिकुल अवस्था, नेपाली जनतामा भएको निराशा, नयाँ पुस्ताले गरिरहेको प्रश्न, रुपान्तरणको खोजी लगायतका विषयलाई ध्यान दिनुपर्ने उनले बताए।

प्रकाशित: २ साउन २०८० १६:३३ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast