आर्थिक वर्षको अन्तिम दिन १२ अंकले बढ्यो सेयर बजार

हिमाल प्रेस ३१ असार २०८० १५:४६ | Sunday, July 16, 2023
आर्थिक वर्षको अन्तिम दिन १२ अंकले बढ्यो सेयर बजार

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन आज सेयर बजार १२.१६ अंकले बढेको छ। चालु आर्थिक वर्ष सुरु भएको दिन गत साउन १ गते सेयर बजार २०११ बिन्दुमा थियो। वर्षको अन्तिम दिन आज २०९७ बिन्दुमा पुगेको छ।

आइतबार २०८५.६८ बिन्दुबाट सुरु भएको बजार तीव्र उतारचढावका बीच २०९७ बिन्दुमा उक्लिएको हो। आज ११७ कम्पनीको सेयर मूल्य घटेको छ। ९३ कम्पनीको मूल्य बढ्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार कुल २ अर्ब ३७ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको कुल १९ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख रुपैयाँको कारोबार भयो।

प्रकाशित: ३१ असार २०८० १५:४६ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast