‘एक भगवत् गीता’ टिजर : कमलामाईको अवतारमा विपिन

हिमाल प्रेस २९ असार २०८० १३:५० | Friday, July 14, 2023
‘एक भगवत् गीता’ टिजर : कमलामाईको अवतारमा विपिन

काठमाडौँ- फिल्म ‘एक भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ।

सार्वजनिक टिजरमा कलाकार विपिन कार्की लैंगिक अल्पसङ्ख्यकको भूमिका निभाएका छन्। टिजरमा उनी कमलामाईको अवतारमा देखिएका छन्।

विपिनसहित फिल्ममा धिरज मगर, सुहाना थापा, जेभिन्स एन्ड जेभिन श्रेष्ठ, कवीर खड्का, संयोग रसाइली, अनुराग शाहलगायत कलाकारको अभिनय छ।

फिल्म आगामी भदौ २५ गते प्रदर्शन हुनेछ। फिल्म झरना थापाले निर्देशन गरेकी छन्। फिल्म लेखन कार्य पनि थापाकै छ।

राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुले सम्पादन र कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

सुनिल कुमार थापाको प्रस्तुती रहेको फिल्म सुहाना इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको छ।

प्रकाशित: २९ असार २०८० १३:५० | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast