काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले दाहाललाई राजकीय सम्मान स्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बैठकले दाहालको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।

प्रकाशित: २७ असार २०८० १३:२५ | Wednesday, July 12, 2023
प्रतिक्रिया




