संयुक्त राष्ट्रसंघ शान्तिकार्य विभागका उपमहासचिव स्वदेश फर्किए

हिमाल प्रेस १५ असार २०८० २१:१३ | Friday, June 30, 2023
संयुक्त राष्ट्रसंघ शान्तिकार्य विभागका उपमहासचिव स्वदेश फर्किए

काठमाडौँ- संयुक्त राष्ट्रसंघ शान्तिकार्य विभाग हेर्ने उपमहासचिव जाँ-पीय ल्याक्ख्वा नेपालको चार दिवसीय भ्रमण पूरा गरी आज (शुक्रबार) फर्किएका छन्। उनलाई निरीक्षणाधिकृत उपरथी योगराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसअघि जंगीअड्डामा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति स्नात्तकोत्तरमा अध्ययनरत विद्यार्थीसहितको सहभागितामा उपमहासचिवले सुरक्षा परिषद्का जिम्मेवारी, शान्ति स्थापनाकार्य, चुनौती र सम्भावना विषयमा मन्तव्य राख्दै नेपालको विश्वशान्ति प्रतिको प्रतिबद्धताको सराहना गरे।

नेपाली शान्ति सैनिकबाट भविष्यमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दै उनले शान्ति स्थापनार्थ तैनाथ हुने महिलाको समस्या समाधानमा राष्ट्रसंघको चासो रहेको बताए।

नेपाल भ्रमणका क्रममा उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुका साथै उपमहासचिवले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी तथा काठमाडौँका पर्यटकीयस्थलको भ्रमण गरे। उनले बारास्थित सेनाको शान्तिकार्य लजिष्टिक बेसको पनि भ्रमण गरे।

प्रकाशित: १५ असार २०८० २१:१३ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast