बाढीपीडितकाे उद्धार जारी

हिमाल प्रेस १० असार २०८० १९:३९ | Sunday, June 25, 2023
बाढीपीडितकाे उद्धार जारी

काठमाडौँ- नेपाली सेनाले बाढीपीडितका लागि राहत सामग्री ढुवानी गरी पाँचथर जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। बाढीपीडितकै सहयोगका लागि पाँचथरको हेवाखोलामा अस्थायी प्रयोगका लागि बाँसको फड्के पुल पनि निर्माण गरिएको नेपाली सेनाले जानकारी दिएको छ। त्यस्तै भोजपुरको भोजपुर नगरपालिका–१०, साङ्पाङ टोल र डेलीखर्कका स्थानीयको घरमाथि गएको पहिरो पन्छाइ रोकथाम गर्ने काम गरिएको पनि सेनाले जानकारी दिएको छ।
त्यस्तै संखुवासभाको पाँचखपन नगरपालिका–४, ५ र ७ मा बाढीका कारण खोलाको बहाव अन्यत्र गएका स्थानमा डोजरलगायत उपकरणले खोलाको बहाव पुरानै धारमा ल्याइएको सेनाको भनाइ छ।
त्यस्तै रौतहटको राजदेवी नगरपालिका–३, चण्डीयास्थित बागमती नदीको बिच फाँटमा फसेका स्थानीयकोलाई सकुशल उद्धार गरिएको पनि सेनाले बताएको छ।
त्यस्तै ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ स्थित विलन्दु गाउँका पहिरो पिडितलाई स्थानीय निकायको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
विगत एक सातायता मुलुकका विभिन्न ठाउँमा भइरहेको वर्षाका कारण बाढी तथा पहिरो गएको छ। बाढी तथा पहिरोबाट प्रभावितको उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रकाशित: १० असार २०८० १९:३९ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast