सामाजिक रूपान्तरणका लागि नयाँ सोच जरुरी : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ५ असार २०८० १७:४७ | Tuesday, June 20, 2023
सामाजिक रूपान्तरणका लागि नयाँ सोच जरुरी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज (मंगलबार) आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक रूपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताएका हुन्।

‘मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रूपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो,’ उनले भने।

उनले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वलाई  आफूले सधैँ उच्च मूल्यांकन गर्ने गरेको बताए। ‘मानव समाजको विकास पनि नवीन सोचको खोजीका क्रममा भएको हो। मानव र अरू प्राणीबीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ,’ उनले भने, ‘अहिले २१औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरूलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनुपर्छ।’

वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताए।

प्रकाशित: ५ असार २०८० १७:४७ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast