चलाउनेलाई न्याय दिलाउन माग गर्दै अदालतमा धर्ना [तस्बिरहरू]

दिपेश श्रेष्ठ ५ असार २०८० १०:४२ | Tuesday, June 20, 2023
चलाउनेलाई न्याय दिलाउन माग गर्दै अदालतमा धर्ना [तस्बिरहरू]

काठमाडौँ- त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि अन्याय भएको भन्दै बृहत् नागरिक बृहत् नागरिक आन्दोलन आन्दोलित भएको छ। २०७७ असोज २० मा उनलाई आक्रमण गरेका हरि आचार्य, योगेन्द्र रावललगायतमाथि ज्यान मार्ने उद्योगमा चलिरहेका मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि नागरिक समाज आन्दोलित भएको हो।

आन्दोलनले चलाउनेलाई न्याय दिलाउन माग गर्दै काठमाडौँ जिल्ला अदालत अगाडि धर्ना दिएका छन्। धर्नामा चलाउने पनि सहभागी भएका छन्।

आफूमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सोमबार धर्ना दिन  जिल्ला अदालत, काठमाडौँ पुगेका चलाउनेलाई प्रहरीले नियन्त्रणका लिएको थियो। उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले आक्रमण गरेका थिए। आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत, काठमाडौँमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन छ।

मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको जानकारी पाएपछि मुद्दा फिर्ता नलिन उपप्राध्यापक चलाउने अदालत पुगेका थिए। उनले आफ्नो विभागमा लगाइएको ताला खोल्न आग्रह गर्दा नेपाल विद्यार्थी संघले गुण्डा परिचालन गरेर आफूमाथि आक्रमण गरेको बताए।

चलाउनेले भने, ‘ताला लगाएको साठी दिन भएको थियो। मैले ताला खोल्न आग्रह गरेँ। एउटा प्राध्यापकले के भन्थ्यो र? उसलाई रिस उठ्यो। घमण्ड पलायो। प्रोफेसनलहरू भाडामा लियो। टेक्सास कलेजमा पढ्ने रुपेश साह २० हजार रुपैयाँ सुपारी लिएर कीर्तिपुरमा मलाई हान्न आयो।’ आफूलाई चारचारजनाले आक्रमण गरेको उनले बताए। ।

प्रकाशित: ५ असार २०८० १०:४२ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast