पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

हिमाल प्रेस ५ असार २०८० १०:२५ | Tuesday, June 20, 2023
पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बाटो बन्द गराउँदै स्थानीयवासी। वाल निर्माणका क्रममा ढिस्काले पुरिएर मजदुरको मृत्यु भएको घटनामा सरोकारवालाले वास्ता नगरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। तस्बिर : रासस

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको हो।

ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए। रासस

प्रकाशित: ५ असार २०८० १०:२५ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast