पशुपति भन्छन ‘तिम्रा नेता बिग्रिए जाग जनता’

हिमाल प्रेस ३० जेठ २०८० १४:०३ | Tuesday, June 13, 2023
पशुपति भन्छन ‘तिम्रा नेता बिग्रिए जाग जनता’

काठमाडौँ– लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको लोकगीत सार्वजनिक भएको छ। गीत आज (मंगलबार) गायक शर्माकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गायक शर्माकै शब्द र संगीत रहेको गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन्।

दुर्गा पौडेलले छायांकन र निर्देशन रहेको गीतको भिडियोमा गायक शर्माले नै अभिनय गरेका छन्।

उनका यसअघि सार्वजनिक भएका देश र जनताको विषयमा आधारित ‘लुट्न सके लुट नेपालमै हो छुट’, ‘जता नि चोर’, ‘देश लुटेर खानी’जस्ता गीत चर्चित छन्।

प्रकाशित: ३० जेठ २०८० १४:०३ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast