शरणार्थी प्रकरण : डीएसपीमाथि किन खनिए टेकनाथ रिजाल?

हिमाल प्रेस २९ जेठ २०८० १५:४५ | Monday, June 12, 2023
शरणार्थी प्रकरण : डीएसपीमाथि किन खनिए टेकनाथ रिजाल? टेकनाथ रिजाल

काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको प्रतिरक्षा बहस अदालतमा जारी छ। सोमबार शरणार्थी नेता टेकनाथ रिजालको पक्षका कानुन व्यवसायीले बहस गरिरहँदा नोकझोँक नै चलेको छ।  उनले प्रहरीले आफूलाई फसाएको भन्दै आइरहेका छन्। सोमबार रिजाल नेपाल प्रहरीका डीएसपी पवन भट्टराईमाथि खनिए।

‘मैले के चाहिँ त्यस्तो नहुने काम गरेँ? तपाईंहरूले अहिलेसम्म के हेर्नु भयो त? मैले के चाहिँ अपराध गरेँ?,’ भट्टराईलाई प्रश्न गर्दै रिजालले भने, ‘उहाँहरूले केही हेर्नुभएकै छैन, केही बुझ्नु भएकै छैन। गर्दै नगरेको काममा हामीलाई अफ्ठ्यारो पार्ने गरी मुद्दा चलाइएको छ। मैले कसरी गर्दै नगरेको सजाय भोग्नु?’

शरणार्थी नेता रिजालले नेपालीलाई नक्कली शरणार्थी बनाउँदै अमेरिका लैजाँदा पैसा खाएको आरोप छ। उनी‍ गत जेठ ४ गते पक्राउ परेयता जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन्। सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिरक्षा बहसका लागि उपस्थित हुँदा पनि आफूले गलत काम गर्दै नगरेको दोहोर्‍याए। हिरासतमा प्रहरीले राम्रो व्यवहार नगरेको गुनासो रिजालको छ।

प्रकाशित: २९ जेठ २०८० १५:४५ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast