‘अन्तिम संस्कार’को गीत ‘सर्को’ सार्वजनिक

हिमाल प्रेस २९ जेठ २०८० १२:५० | Monday, June 12, 2023
‘अन्तिम संस्कार’को गीत ‘सर्को’ सार्वजनिक

काठमाडौँ– असार ८ गते प्रदर्शन हुने फिल्म ‘अन्तिम संस्कार’को ‘सर्को’ बोलको गीत सार्वजनिक गरिएको छ। ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा स्वप्निल शर्माको शब्द, संगीत र स्वर छ।

सामाजिक कथामा आधारित फिल्ममा विजय लामा, दीया पुन, त्रिचु राई, एवनराज उप्रेती, त्रिचन्द्र राई, कृष्ण श्रेष्ठ, रेश्मा धिमिरे, पासाङ लामा, विशाल पहारी, सरोज खालिङ राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ।

प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्म बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादनमा बनेको छ। साई प्रोडक्सन नेपालको ब्यानरमा बनेको फिल्मका निर्माता विनोद सुवेदी क्षितिज र नवीनकुमार शाही हुन्।

प्रकाशित: २९ जेठ २०८० १२:५० | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast