‘स्वास्थ्य बिमामा निजी र सरकारी अस्पतालको लडाइँ’

हिमाल प्रेस २९ जेठ २०८० ८:५० | Monday, June 12, 2023
‘स्वास्थ्य बिमामा निजी र सरकारी अस्पतालको लडाइँ’ मोहनबहादुर बस्नेत। फाइल तस्बिर

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाइँ चलिरहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले स्वास्थ्य बिमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधार आवश्यक रहेको बताएका हुन्। ‘स्वास्थ्य बिमा व्यवस्थित गर्न नीतिगत रुपमै सुधार गर्नुपर्नेछ। यहाँ त स्वास्थ्य बिमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाइँ रहेछ।

निजी अस्पतालले स्वास्थ्य बिमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको जानकारी दिए। स्वास्थ्य मापदण्ड पूरा नगरेको भन्दै सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको मन्त्री बस्नेतको भनाइ छ।

उनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बिमा दुवै बुझेको व्यक्ति खोजे पनि पाउन नसकेको गुनासो गरे। उनले भने, ‘स्वास्थ्य बिमा प्रभावकारी बन्न सकेको छैन। यो बिमा सञ्चालन गर्ने ठाउँमा महत्त्वपूर्ण व्यक्तिहरु खोजिरहेको छु, त्यो पाइरहेको छैन। कि स्वास्थ्य बुझेको पाइन्छ कि बिमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन।’

प्रकाशित: २९ जेठ २०८० ८:५० | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast