दीपक मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश

हिमाल प्रेस १९ मंसिर २०७९ १८:२५
500
SHARES
दीपक मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश

काठमाडौँ- गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन्। सोमबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन्।

‘… मैले स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने निर्णय गरेको थिएँ। तर, परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आवद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा म पुगेको छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशनअनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा अनुरोध गर्दछु।’

मनाङे मनाङ प्रदेश ख बाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित सांसद पनि हुन्। यसअघि पनि स्वतन्त्र जितेका उनी एमाले सत्तामा हुँदा एमाले प्रवेश गरेका थिए ।

 

 

प्रकाशित: १९ मंसिर २०७९ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =