‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ २०२३ का थप १२ खेल सम्पन्न

हिमाल प्रेस २२ जेठ २०८० १६:३९
2
SHARE
‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ २०२३ का थप १२ खेल सम्पन्न

काठमाडौँ- ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’अन्तर्गत आइतबार थप १२ खेल भएका छन्। ‘लिग कम नकआउट फर्म्याट’मा भइरहेको प्रतिस्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो। लिगमा बैंक तथा वित्तीय संस्थाका १६ टिम सहभागी छन्।

तीनदिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२औँ खेल प्राइम बैंकले जितेको छ। प्राइमले महालक्ष्मी विकास बैंकलाई २३ रनले हराएको हो। प्रभु बैंकविरुद्धको १३औं खेल एनएमबि बैंकले ७ विकेटले जितेको छ।

१४औँ खेल महालक्ष्मी विकास बैंकले जितेको छ। सिटिजन्स बैंकसँगको खेल महालक्ष्मीले ४३ रनले जितेको हो। १५औँ खेल सनराइज बैंकले हिमालयन बैंकलाई ५ विकेटले हराएको थियो।

१६औँ खेलमा गरिमा विकास बैंकलाई ४८ रनले पछि पार्दै कामना सेवा विकास बैंक विजेता बन्यो। १७औँ खेलमा एनएमबि बैंकलाई १ विकेटले पछि पार्दै एनआइसी एसिया विजेता बन्यो। १८औँ खेल कुमारी बैंकलाई ४८ रनले हराउँदै कामना सेवा विकास बैंकले जितेको छ।

यस प्रतियोगिताका ३१ मध्ये २३ खेल सम्पन्न भएका छन्। सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरेर खेलाइएको छ। प्रत्येक समूहका उत्कृष्ट दुइ टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन्। खेल १० ओभर प्रतिइनिंग्समा चलिरहेको छ।

प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता छ।
प्रतियोगिताको सबै खेलको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भइरहेको छ।

प्रकाशित: २२ जेठ २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =