बालेनको चेतावनी पछि स्वास्थ्यमन्त्रीको निर्देशन : अस्पतालमा शैय्या उपलब्धताको स्थिति सार्वजनिक गर्नू

हिमाल प्रेस १७ जेठ २०८० १९:३९ | Wednesday, May 31, 2023
बालेनको चेतावनी पछि स्वास्थ्यमन्त्रीको निर्देशन : अस्पतालमा शैय्या उपलब्धताको स्थिति सार्वजनिक गर्नू

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन्।

बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अस्पतालहरुमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरु के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे ।

उक्त काम सुरु भइरहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताउँदै उनले ओपीडी टिकट अनलाइनमार्फत पनि लिन सकिने बताए । उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए ।

संसारभरमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै उनले कर बढाउनुपर्ने बताए। सुर्तीजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरूको उपचारमा प्रयोग गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बुधबार बिहान स्वास्थ्यमन्त्रीलाई काठमाडौँ महानगरभित्रका अस्पतालले विपन्न नागरिकको उपचारको व्यवस्था नगरेको र यसबारे मन्त्रालयले कारबाही नगरे महानगरले अस्पताल प्रशासन नै बन्द गरिदिने चेतावनी दिएका थिए।

गरिबलाई छुट नदिने ६८ स्वास्थ्य संस्थालाई सात दिनभित्र कारबाही गर्न बालेनको माग

 

प्रकाशित: १७ जेठ २०८० १९:३९ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast